काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने « Khabarhub

काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही चैत १६ देखि निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि वीर अस्पतालसँग सम्झौता गरेको छ। 

कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहबरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्रा.डा दिलीप शर्माकाबीच सम्झौता भएको हो ।  

त्यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेसा व्यवसायमा काम गर्ने महिलालाई परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न निर्देशन दिइन् । 

सेवा सरल, सहज र पहुँच योग्य बनाउनु होला। अपाङ्गता भएका महिलाका लागि विशेष व्यवस्था गर्नुहोला । कामु प्रमुख डङ्गोलले भनिन्, ‘क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि हो । यसका विषयमा भएका भ्रम र असजिला पक्षका विषयमा पर्याप्त जानकारी प्रवाह गर्नुहोला ।’

त्यस क्रममा अस्पतालका निर्देशक प्रा.डा शर्माले गएको वर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना गरिएको बताए। 

‘उच्चस्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछौँ’, प्रा.डा शर्माले भने, ‘मलाई लक्षण देखिएकै छैन, किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ । बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनुपर्छ ।’

स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिला परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह छन्। परीक्षण चैत यही १६ गतेदेखि सुरु हुनेछ । हरेक दिन १०० जनादेखि १२० जनासम्मको परीक्षण गर्नेगरी योजना कार्यान्वयन कामपाको छ । 

कार्यक्रमका स्थानीय स्रोत व्यक्ति चन्द्रा भट्टका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा विवरण टिपाउनुपर्छ । विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ । स्लिपमा उल्लेख भएको मिति र समयमा अस्पताल जानुपर्छ । 

प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डिएनए पीसीआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ६ : २४ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर