न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत « Khabarhub

न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका कारण न्यायप्रणाली विस्तारै लयमा फर्किएको बताएका छन् ।

उनले आज यहाँ बाँकेका कानुन व्यवसायीसँग छलफल गर्दै न्यायिक सुशासन, जलेका मिसिलको व्यवस्थापन, तथा न्यायालयप्रतिको दृष्टिकोण सुधारलगायत विषयमा आफ्नो धारणा व्यक्त गरे । प्रधानान्यायाधीश राउतले जेनजी आन्दोलनपछि जलेका मिसिलको व्यवस्थापन र न्याय क्षेत्रमा पुनःप्रेरणा प्रदान गर्ने विषयलाई प्राथमिकता दिइएको बताए ।

उनले सर्वोच्च अदालतमा करिब २० हजार मिसिल जलेको अवस्थामा हालसम्म १९ हजार मिसिल कायम गरिसकिएको जानकारी दिँदै मोफसलका अदालतमा जलेका मिसिलको पुनःतयारीका लागि आफूले केन्द्रस्तरबाट महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरिरहेको बताए ।

अदालत राम्रोसँग सञ्चालन भए कानुन व्यवसायी पनि सन्तुष्ट हुने उल्लेख गर्दै प्रधानन्ययाधीश राउतले मिसिल पुनःस्थापना र न्याय सम्पादनमा सहयोग पु(याउन कानुन व्यवसायीलाई आग्रह गरे । उनले अदालत जल्नुमा अदालतलाई हेर्ने नकारात्मक दृष्टिकोणले पनि भूमिका खेलेको हुनसक्ने उल्लेख गर्दै यसको समीक्षा आवश्यक रहेको धारणा राखे ।

बदलिँदो सन्दर्भमा अदालत मात्र होइन, न्यायालयलाई हेर्ने दृष्टिकोण किन नकारात्मक बन्न पुग्यो भन्ने प्रश्नमा गम्भीर हुनुपर्ने उनको भनाइ थियो । प्रधानन्यायाधिश राउतले बदलिँदो परिवेशअनुसार अदालत र कानुन व्यवसायी दुवैले आफूलाई समयानुकूल बदल्नुपर्नेमा जोड दिए ।

न्यायिक सुशासनका सवालमा कानुन व्यवसायीले उठाएका जिज्ञासाको सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले अदालतसँगै कानुन व्यवसायीले पनि आफ्नो वकालतको प्रकृति समयअनुसार रूपान्तरण गर्नुपर्ने बताए ।

बाँकेका कानुन व्यवसायीहरूले अहिलेसम्म मुद्दाका मिसिल कायम नभएका कारण सुनुवाइमा ढिलाइ भएको, बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ प्रभावित भएको, तथा न्यायका उपभोक्ताको सहज पहुँचमा समस्या परेको विषय उठाएका थिए ।

सो अवसरमा कानुन व्यवसायी समूहका तर्फबाट अधिवक्ता वसन्त गौतमले सार्वजनिक सरोकारका विषयमा अदालतबाट भएका महत्वपूर्ण फैसलाहरूको सङ्गालो प्रधानन्यायाधीश राउतलाई प्रदान गर्नुभएको थियो । यसअघि प्रधानन्यायाधिश राउतले जेनजी आन्दोलनबाट जलेका भवनको निरीक्षणसमेत गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ९ : ०३ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई