सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईलाई अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए ।

सुत्केरी राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो । आज बिहान ८ः०० बजे अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएपछि सुत्केरी राईलाई अत्यधिक रक्तश्राव भएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँको काठमाडौँको थापाथली प्रसूति गृहमा पठाइएको जिल्ला अस्पतालका प्रमुख सन्तोष देवले बताए ।

सुत्केरी राईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको थापाथली प्रसूति गृहमा लगिएको उहाँको भनाइ छ । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यविधि २०७७ अनुसार उद्धार गरिएको हो । जिल्लामा यस आर्थिक वर्षमा एक दर्जन सुत्केरी तथा गर्भवतीको उद्धार भइसकेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ९ : २१ बजे

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने