‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष « Khabarhub

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण कम्पनी षट्कोण आर्टस्ले आमा खुवाउने औँशीको अवसर पारेर काठमाडौंमा कार्यक्रम आयोजना गरी शुक्रबार आमा-छोरीको कथामा आधारित यस फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

यो फिल्मको ट्रेलरको केन्द्रमा बादी समुदायमा तत्कालीन समयमा खुलेयाम हुँदै आएको देह व्यापारको पुस्तान्तरणमा उत्पन्न परिस्थिति छ ।

बादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी स्वस्तिमाको छोरी जन्मिएपछि उत्पन्न परिस्थितिमा यो फिल्म बनेको ट्रेलरमा प्रष्ट पार्छ ।

फिल्ममा स्वस्तिमाको छोरीको भूमिका निर्वाह गरेकी समाइरा थापाको नथी खोल्न विषयमा विकसित घटना ट्रेलरको मुख्य आकर्षण बनाइएको छ ।

बढी पैसा तिर्ने व्यक्तिले बालिकाको नथी खोलेर कुमारित्व अनुभव गर्ने कुप्रचलन बादी समुदायमा थियो ।

यस फिल्ममा राजासायबको भूमिका निर्वाह गरेका रवीन्द्रसिंह बानियाँ आफू ती बालियकाको नथी खोल्न अगाडि बढेको पाइन्छ । उनले यसमा सफल वा असफल हुन्छन् त्यो सस्पेन्स राखेर ट्रेलर बनाइएको छ ।

बादी समुदायका व्यक्तिलाई हुने सामाजिक विभेदको पाटो पनि ट्रेलरमा समावेश गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका स्वस्तिमा खड्काले यो फिल्म आफ्नो करिअरकै विशेष रहेको बताइन् । उनले भनिन्, ‘फिल्म विशेष घटनामा बनेको छ । बन्नै पर्ने फिल्म पनि हो । सोहीकारण यो मेरो कअिरकै विशेष रहिरहने फिल्म हो ।’

यस फिल्ममा स्वस्तिमा, रवीन्द्र, समाइराका साथ डेब्यू नायक विशाल देवकोटा र डेब्यू नायिका प्रशंसा सुबेदी मुख्य भूमिकामा रहेको बताइएको छ ।

यम थापको लेखन र निर्देशनमा यो फिल्म बनेको हो । रवीन्द्र र म्याक्स दिपेश खत्री फिल्मको निर्माता हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १० : २९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल