आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको तयारी पूरा « Khabarhub

आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको तयारी पूरा


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

टक्सार– आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । नवौँ संस्करणका रूपमा सुरु हुने प्रतियोगितामा नेपालका आठ समूहको सहभागिता रहने छ ।

प्रतियोगिता सञ्चालनका लागि खेल तालिम सार्वजनिक गरिएको आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । भोजपुर नगरपालिका-७ स्थित रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाखको प्रायोजन गरेको छ । 

योसँगै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सुवालले आज जानकारी दिए । वैशाख ६ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गतको पहिलो खेल आइतबार सशस्त्र प्रहरी बल (एपिएफ) नेपाल र एलएक्स सिटी मोरङबीच हुने आयोजक संस्थाले जनाएको छ । 

पहिलो चरणको खेल वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । वैशाख ७ गते आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र सङ्खुवासभा-११, वैशाख ८ गते सातदोबाटो युथ क्लब ललितपुर र केपिलासगढी गाउँपालिका, खोटाङ र वैशाख ९ गते प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँ र द गोर्खाज फुटबल क्लब, उदयपुरबीच हुनेछ । 

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः पाँच लाख र तीन लाख प्राप्त गर्नेछन् । अन्य व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसैबीच, यही वैशाख १७ देखि २० गतेसम्म आठौँ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । भोजपुर नगरपालिकाको प्रायोजनमा जिल्ला फुटबल सङ्घले प्रतियोगिता सञ्चालन गर्न लागेको हो । 

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  २ : ११ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक