आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको तयारी पूरा « Khabarhub

आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको तयारी पूरा


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

टक्सार– आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । नवौँ संस्करणका रूपमा सुरु हुने प्रतियोगितामा नेपालका आठ समूहको सहभागिता रहने छ ।

प्रतियोगिता सञ्चालनका लागि खेल तालिम सार्वजनिक गरिएको आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । भोजपुर नगरपालिका-७ स्थित रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाखको प्रायोजन गरेको छ । 

योसँगै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सुवालले आज जानकारी दिए । वैशाख ६ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गतको पहिलो खेल आइतबार सशस्त्र प्रहरी बल (एपिएफ) नेपाल र एलएक्स सिटी मोरङबीच हुने आयोजक संस्थाले जनाएको छ । 

पहिलो चरणको खेल वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । वैशाख ७ गते आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र सङ्खुवासभा-११, वैशाख ८ गते सातदोबाटो युथ क्लब ललितपुर र केपिलासगढी गाउँपालिका, खोटाङ र वैशाख ९ गते प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँ र द गोर्खाज फुटबल क्लब, उदयपुरबीच हुनेछ । 

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः पाँच लाख र तीन लाख प्राप्त गर्नेछन् । अन्य व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसैबीच, यही वैशाख १७ देखि २० गतेसम्म आठौँ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । भोजपुर नगरपालिकाको प्रायोजनमा जिल्ला फुटबल सङ्घले प्रतियोगिता सञ्चालन गर्न लागेको हो । 

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  २ : ११ बजे

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति