भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक « Khabarhub

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको बैठक आइतबार फेरि बस्नेगरी सकिएको छ । खड्काले शनिबार गोल्फुटारस्थित आफ्नै निवासमा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका थिए ।

बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशमान सिंहलगायतका नेताहरु सहभागी थिए । बैठकमा डा. शेखर कोइराला र उनी खेमाका नेताहरु भने सहभागी भएनन् ।

भोलि धुम्बाराहीको एउटा होटेलमा बस्नेगरी बैठक सकिएको हो । आइतबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग छलफल हुनेछ ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा निर्णय सुनाउँदै गगन थापाको नेतृत्वलाई वैधानिकता दिएपछि खड्काले बैठक डाकेका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ५६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको