भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक « Khabarhub

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको बैठक आइतबार फेरि बस्नेगरी सकिएको छ । खड्काले शनिबार गोल्फुटारस्थित आफ्नै निवासमा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका थिए ।

बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशमान सिंहलगायतका नेताहरु सहभागी थिए । बैठकमा डा. शेखर कोइराला र उनी खेमाका नेताहरु भने सहभागी भएनन् ।

भोलि धुम्बाराहीको एउटा होटेलमा बस्नेगरी बैठक सकिएको हो । आइतबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग छलफल हुनेछ ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा निर्णय सुनाउँदै गगन थापाको नेतृत्वलाई वैधानिकता दिएपछि खड्काले बैठक डाकेका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ५६ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६