सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु « Khabarhub

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र ०१००१ ज ०२७१ नम्बरको जिप वडा नम्बर १२ को पुथाला भित्री सडकमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ७८ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको मृत्यु भएको छ । उनीहरूलाई जिल्ला अस्पताल सल्यानमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर र ७ जनाको अवस्था मध्यम रहेको छ । घाइतेहरूलाई मेहलकुना अस्पताल सुर्खेत र जिल्ला अस्पताल सल्यानमा उपचारका लागि पठाइएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा उद्धार गरेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १० : ५१ बजे

नेतन्याहूलाई हटाएर राष्ट्रिय आपतकालीन सरकार बनाउन आइजेनकोटको प्रस्ताव

काठमाडौँ – इजरायली नेता गादी आइजेनकोटले कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको

सिकाइ र अभ्यासका लागि काठमाडौँ केन्द्रबिन्दु हो : सांसद परियार

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले काठमाडौँ सिकाइ

न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोल्छु : प्रस्तावित न्यायाधीश पाण्डे

 काठमाडौँ  – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था

इरानको केशम टापुमा दुई मिसाइल खसे, अमेरिकी ड्रोन खसालेको सेनाको दाबी

काठमाडौँ – इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् ।