विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल « Khabarhub

विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । महत्त्वपूर्ण त्रिकोणात्मक शृंखला अन्तर्गत यसअघि मंगलबार भएको खेलमा दुई रनले पराजित भएको नेपाल आज जित्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार बिहान ९ बजेर ३० मिनेटमा सुरु हुँदैछ ।

लिग–२ को तालिकामा शीर्ष स्थानमा स्कटल्यान्ड नेपालमाथि जित निकाल्दै उपाधिको दौडमा हुनेछ भने नेपाल स्कटल्यान्डलाई पराजित गर्दै ओडिआई स्टाटस जोगाउने दौडमा छ ।

घरेलु मैदानमा हुने खेल नेपालका लागि एकदिवसीय अस्तित्व जोगाउने लडाइँ जस्तै बनेको छ। दुईदुई खेलको शृङ्खलामा नेपालले एक जित र एक हारको सामना गरिसकेको छ । स्कटल्यान्डसँग पहिलो खेलमा दुई रनले पराजित भएको नेपालले अमेरिकालाई यो शृङ्खलामा ९ विकेटले हराइसकेको छ ।

लिग–२ को तालिकामा अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ भने स्कटल्यान्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ। नेपाल भने २६ खेलमा २० अंक जोडेर आठ राष्ट्र सम्मिलित तालिकाको सातौँ स्थानमा छ। लिग२ का शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने भएकाले नेपालका लागि अबका हरेक खेल ‘गर या मर’ को स्थितिमा छन्।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ६ : ४० बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक