निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित « Khabarhub

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन् ।

वडा कार्यालयद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श, औषधि वितरण तथा रगत परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । उपचारका लागि आउनेमध्ये करिब ९८ प्रतिशत महिला थिए ।

आधारभूत स्वास्थ्यचौकी वन समितिका प्रमुख हरिनाथका अनुसार शिविरमा ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकामा सात जना शङ्कास्पद बिरामी फेलापरेका छन् । १०२ जनाको उच्च रक्तचाप परीक्षण तथा ११० जनाको मधुमेह परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३५ जनामा उच्च रक्तचापको समस्या देखिएको छ ।

तल्लो पेट दुख्ने समस्या लिएर शिविरमा पुगेका दुई महिलामा पाठेघर खसेको समस्यासमेत फेलापरेको जनाइएको छ । वडाध्यक्ष चक्रबहादुर खडकाले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनले समयमै स्वास्थ्य परीक्षण र उपचारको पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गरे ।

शिविरमा स्त्रीरोगसम्बन्धी सेवा, पाठेघरको मुखको क्यान्सर जाँच, उच्च रक्तचापसम्बन्धी सेवा, सुगरसम्बन्धी सेवा र दमखोकीसम्बन्धी सेवा प्रदान गरिएका थिए । वडा कार्यालयले प्रत्येक वर्ष स्वास्थ्य शिविर तथा आँखा उपचार शिविर आयोजना गरी स्थानीय नागरिकलाई निःशुल्क चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ७ : ४० बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न