एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव « Khabarhub

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

'एमाले पराजयको नैतिक जिम्मेवारी अध्यक्षले लिनुपर्छ'


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम निर्वाचनमा पार्टीले व्यहोरेको ‘लज्जास्पद’ हारको मुख्य राजनीतिक र नैतिक जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। निर्वाचन सम्पन्न भएको अढाइ महिना बित्दा पनि हारको औपचारिक समीक्षा र केन्द्रीय कमिटीको बैठक बस्न नसकेको भन्दै उनले नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन्।

जेठ ४ गते बस्न लागेको एमाले सचिवालयको आठौँ बैठकको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै नेता रावलले उक्त बैठक केवल नियमित कर्मकाण्डमा मात्र सीमित हुन नहुने उल्लेख गरेका छन्। “निर्वाचनमा पार्टीले व्यहोरेको ऐतिहासिक धक्काको मुख्य राजनीतिक र नैतिक जिम्मेवारी पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले लिनुपर्छ,” रावलले भनेका छन्, “नीति निर्माण र रणनीतिको मुख्य बागडोर अध्यक्षकै हातमा भएकाले उहाँ यसबाट पछाडि हट्न मिल्दैन।”

नेता रावलले नेतृत्वले दाबी गरेको ‘लोकप्रिय मत’ र वास्तविक नतिजाबीचको खाडलको गहिरो र वस्तुनिष्ठ समीक्षा हुनुपर्ने माग गरेका छन्। पार्टीभित्र अहिलेको सन्नाटाले कार्यकर्तामा निराशा र आशङ्का पैदा गरेको उल्लेख गर्दै उनले प्राविधिक विषयमा मात्र अल्झिएर मुख्य राजनीतिक असफलताबाट भाग्ने छुट कसैलाई नभएको चेतावनी दिएका छन्।

निर्वाचन परिणामले एमालेको परम्परागत शैली र वर्तमान साङ्गठनिक ढाँचालाई अस्वीकार गरेको रावलको तर्क छ। उनले जेठ ४ को बैठकले पार्टी पुनर्गठनको ठोस मार्गचित्र कोर्नुपर्ने र नयाँ पुस्ताको भावना समेट्ने गरी आमूल रूपान्तरणको आँट देखाउनुपर्ने बताएका छन्।

सचिवालय बैठकले सीमित नेताबीच मात्र बहस नगरेर तत्काल केन्द्रीय कमिटीको बैठक घोषणा गर्नुपर्ने रावलको माग छ। उनले सचिवालयले निर्णय गर्ने भन्दा पनि केन्द्रीय कमिटीका लागि एजेन्डा तय गर्नुपर्नेमा जोड दिएका छन्। “प्राविधिक एजेन्डाको फेहरिस्त देखाएर मूल मुद्दालाई पन्छाउने प्रयास गरियो भने त्यसले पार्टीलाई अझ ठुलो सङ्कटतर्फ धकेल्ने निश्चित छ,” उनले भनेका छन्।

पार्टीलाई पुरानै ढर्राबाट चलाउन अब सम्भव नरहेको भन्दै उनले ‘निर्मम समीक्षा र पुनर्गठन’ को एजेन्डामा प्रवेश गर्न नेतृत्वलाई दबाब दिएका छन्।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ८ : ४४ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक