दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन « Khabarhub

दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२–०८३ को १० महिनामा करिब छ अर्ब राजस्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१–८२ को तुलनामा ३४ करोड २१ लाख २४ हजार बढी अर्थात् पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा अन्तशुल्कतर्फ तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार, आयकरतर्फ एक अर्ब दुई करोड चार लाख ९६ हजार, मूल्यअभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ
५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ ६ करोड ८३ लाख ७७ हजार र बहालकरतर्फ एक करोड ५९ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रमुख सुवेदीका अनुसार चालु आर्थिक वर्षमा आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ ।

करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख सुवेदीले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ९ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको