८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने « Khabarhub

८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा जेठ ८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने भएको छ । 

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गदै जेठ ८ गतदेखि १० गतेसम्म काठमाडौंको अम्रपाली एभेन्टमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने जनाएको हो । 

हस्तकला व्यवसायको विकास विस्तार तथा प्रवर्द्धन गर्न तथा हस्तकलाको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले नेपाल हस्तकला एक्स्पो आयोजना गरिएको महासंघी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिइन् । 

एक्स्पोमा मेक इन नेपाल, मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका बस्तुहरूको करिब ७० वटा स्टल रहने उनले बताइन् । एक्स्पोबाट स्थानीय हस्तकलाको बजार विस्तार, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने, मूर्त अमूर्त कला संस्कृति एवं परम्परागत परिकारहरूको संरक्षणमा सहयोग पुने विश्वास रहेको उपाध्यक्ष श्रेष्ठले बताइन् । 

मेलाको आकर्षणको रुपमा हस्तकला प्रदर्शनी तथा बिक्री कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन, स्थानीय उद्योगी, कलाकार/कालीगढहरुको सीप प्रदर्शन लगायत रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १ : ०४ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण