संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल « Khabarhub

संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।  

गत वैशाख ३१ गतेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको उक्त सिद्धान्त र प्राथमिकतामाथि सोमबारबाट छलफल सुरु भएको हो । 

छलफलमा भाग लिँदै सांसदहरूले जनताको अपेक्षा अनुसार आगामी वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

छलफलमा भाग लिँदै रास्वपा सांसद झविलाल डुम्रेले विनियोजन विधेयक देशको भविष्य रहेकाले यसलाई नागरिकप्रतिको भरोसाका रुपमा अघि बढाउनुपर्ने बताए । 

उनले आफूहरू आश्वासन बेच्ने राजनीतिबाट अलग भएकाले भाषणले नभई कामले जवाफ दिने उल्लेख गरे । रास्वपाले जनतासँग बाचा गरेकाले त्यसलाई पुरा गरेरै छाड्ने उनले बताए । 

त्यस्तै नेपाली कांग्रेसका सांसद बासना थापाले सिद्धान्त र प्राथमिकता, दस्ताबेजका रुपमा मात्रै नभई कार्यान्वयनयोग्य बनाउनुपर्ने धारणा राखिन् । 

उनले सङ्घ, प्रदेश  स्थानीय तहबीच दोहोरपन हटाएर समन्वय बढाउन आग्रह गरिन् । 

सांसद थापाले सरकार खर्चमूखी मात्रै नभई संरचनात्मक सुधारोन्मुख हुन खोजे पनि व्यवहारमा रूपान्तरण गर्न भने चुनौती रहेको बताइन् । 

त्यस्तै नेकपा एमालेका सांसद पुष्पराज कँडेलले संविधानको तीनखम्वे अर्थनीति र समाजवादोन्मुख लक्ष्यलाई समेट्न नसकेको बताए । 

उनले आगामी बजेटले पञ्चवर्षीय योजनालाई अवलम्बन गनुपर्नेमा त्यस्तो नदेखिएको टिप्पणी गरे । 

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ३ : २३ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण