इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित « Khabarhub

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपाली टोली सजिलै विजयी भएको छ।

स्कटल्यान्डले दिएको १९५ रनको चुनौतीलाई नेपाली टोलीले ७४ बल बाँकी छँदै ४ विकेको क्षतिमा भेट्टाएको हो ।

नेपाललाई जिताउने क्रममा कप्तान रोहित पौडेलले ७४ र अर्का ब्याटर इशान पाण्डेले ५५ रनको अर्धशतकीय पारी खेले । त्यसैगरी नेपालका लागि ओपनरहरू कुशल भुर्त‍ेल र आशिफ शेखले पनि २८ र २९ रनको योगदान दिए ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरूवाती धक्का लागेको थियो ।

नेपालले ८ ओभर खेलिसक्दा २ विकेटको क्षतिमा ६० र बनाएको थियो। त्यसबेला नेपालका दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेख सस्तैमा आउट भए ।

कुशलले २७ बलमा २८ रन बनाए । उता आशिफले १७ बलमा २९ रन बनाउँदै आउट भए । उता इशानले ६१ बलमा ५५ रन बनाए ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा स्कटल्यान्डले सावधानीपूर्वक सुरुवात गरेको थियो। प्रारम्भिक ओभरहरूमा नेपाली बलरले दबाब बनाए पनि स्कटल्यान्डले विकेट नगुमाई रन गति अघि बढाएको थियो ।

नेपाल घरेलु मैदानमा लगातार राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ । यसअघि अमेरिकाविरुद्ध प्रभावशाली जित निकालेको नेपाल स्कटल्यान्डविरुद्ध पनि लय कायम राख्ने प्रयासमा छ ।

लिग–२ अन्तर्गतको यो सिरिज विश्वकप छनोट यात्राका लागि महत्त्वपूर्ण मानिएको छ । नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच भइरहेको त्रिकोणात्मक सिरिजका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ३ : १९ बजे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर