बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना « Khabarhub

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण भएको छ । 

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण भएको हो ।  

म्याग्दी नदी किनारमा १६५ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण सम्पन्न भएको हो । पर्खाल निर्माणका लागि २०८२ वैशाखमा रुपल-सुप्रिम कन्स्ट्रक्सनसँग चार करोड २१ लाख ५९ हजार ६९९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

आगामी असार २० गतेसम्म ठेक्काको म्याद भए पनि इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद लक्ष्यभन्दा एक महिनाअघि काम सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि सुरेश खड्काले जानकारी दिए । उनका अनुसार गत मङ्सिरदेखि निर्माण सुरु भएको थियो । 

भुईँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याबिन पर्खाल निर्माण भएको आयोजनाका इन्जिनियर नरजङ गुरुङले उल्लेख गरे । 

बेनी बजार संरक्षण कार्यक्रममार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक दशकयता म्याग्दी र कालीगण्डकी नदी कटानको जोखिम रहेको बेनी वरपरको क्षेत्रमा नदी नियन्त्रणका आयोजना सञ्चालन गरेको छ । 

आयोजनामार्फत यसअघि बेनीको मङ्गलाघाट, न्युरोड, कालीपुुल क्षेत्रको कालीण्डकी र म्याग्दी नदी किनारमा करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण निर्माण भएको छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ५ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको