काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन   « Khabarhub

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका छन् । 

सोमबार काभ्रेको धुलिखेलमा कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले सभापतिको हैसियतले आफूले गर्ने कुनै पनि निर्णयका कारण पार्टीका एकजनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका छन् । 

उनले जिम्मेवारीमा बसेको कुनै अर्को नेताका कारण पार्टीका कसैलाई पनि समस्या हुने अवस्था आए सहेर नबस्ने स्पष्ट पारे । सभापति थापाले पार्टी सदस्यता अद्यावधिक गर्नै दिन्न भन्ने केही पार्टीका नेताहरूले भनेको कुरा आफूले बुझ्न नसकेको धारणा राखे ।

त्यस्तै सभापति थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएकाले मुलुकलाई संवैधानिक व्यवस्था अनुसार अघि बढाउने जिम्मेवारी पनि कांग्रेसकै भएको बताए । 

वर्तमान सरकार संख्याको आधारमा बरालिने सम्भावना रहेको भन्दै उनले संविधान भन्दा बाहिर गएर सरकार चल्न थाले संविधानको दायराभित्र ल्याउने काम पनि कांग्रेसकै भएको उल्लेख गरे । 

कांग्रेस प्रतिपक्षी भएकै कारण प्रतिक्रिया दिएर भाग्ने सुविधा नरहेको उनले बताए । उनले इतिहासमा कांग्रेसले निर्वाह गरेको जिम्मेवारीलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ६ : ४१ बजे

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशुली ए बाट जीवित उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा