भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ « Khabarhub

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीशमा सिफारिस भएका डा मनोज शर्माविरुद्ध संसदीय समितिमा सोमबार कार्यालय समयसम्म १६ वटा उजुरी परेका छन् ।

गत वैशाख २६ गतेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो ।

उजुरी आह्वान गरिएको १० दिन आज सकिएको छ । शर्माविरुद्ध परेको उजुरी भोलि बिहान ८ बजेको संसदीय सुनुवाइ समितिको बैठकमा खोलिनेछ ।

सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार, उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ ।

भोलि नै बिहान १० बजेदेखि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल हुने उनको भनाइ छ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग सुनुवाइ चल्नेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १० : ३३ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ