अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर « Khabarhub

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको विशेष कोष प्रस्ताव


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा यसको पुष्टि गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यस समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर गरेका हुन् ।

यो समझदारीसँगै अमेरिका र इस्रायलले इरानविरुद्ध गरिरहेको युद्ध औपचारिक रूपमा रोकिने विश्वास गरिएको छ । दस्तावेजमा डिजिटल हस्ताक्षर भइसकेका कारण स्विट्जरल्यान्डको जेनेभामा आगामी शुक्रबार हुने भनिएको वार्तामा दुवै पक्षका प्रतिनिधि सहभागी भए पनि कुनै भौतिक हस्ताक्षर समारोह भने आयोजना नहुने इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले जानकारी दिएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी ६० दिनको वार्ताको अवधि ‘अन्तिम समयसीमा’ नभएको बताएका छन् । यो अवधिमा दुवै देशले तेहरानको आणविक कार्यक्रमलाई लिएर एउटा अन्तिम र ठोस सम्झौतामा पुग्नुपर्नेछ ।

यद्यपि, ट्रम्पले चेतावनी दिँदै अर्को चरणको वार्ता ६० दिनभित्र निष्कर्षमा नपुगे वा इरानले यस समझदारीको पालना नगरे पुनः युद्ध सुरु हुने र इरानमाथि “भीषण बमबारी” गर्ने चेतावनी समेत दिएका छन् ।

सम्झौता अनुसार इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको एउटा विशेष कोष प्रस्ताव गरिएको छ । अमेरिकी अधिकारीका अनुसार यो कोषमा इरानका छिमेकी मुलुकले रकम जम्मा गर्नेछन् र यसको प्रयोग युद्धबाट ध्वस्त भएका इरानी पूर्वाधारको पुनर्निर्माणमा गरिनेछ । इरानले पनि आफ्ना क्षेत्रीय साझेदारले मुलुकमा ३०० अर्ब डलर लगानी गर्ने र त्यसको एउटा हिस्सा पुनर्निर्माणमा खर्च गरिने पुष्टि गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ५ : ५२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको