रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान « Khabarhub

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

५१ खेलमै ६ ह्याट्रिकसहित हालान्ड बने बलियो


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। फुटबलको तथ्याङ्क राख्ने प्रतिष्ठित संस्था ‘ट्रान्सफरमार्केट’ ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार मेसीले आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै शीर्ष स्थान कब्जा गरेका हुन्।

अर्जेन्टिनाका लागि २०० अन्तर्राष्ट्रिय खेल खेलेका कप्तान मेसीले हालसम्म ११ वटा ह्याट्रिक पूरा गरेका छन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने २२८ खेलमा १० ह्याट्रिकसहित दोस्रो स्थानमा छन्।

यस सूचीको तेस्रो स्थानमा संयुक्त अरब इमिरेट्स (यूएई) का अली मबखौत रहेका छन्, जसले १०५ खेलमा ९ ह्याट्रिक गरेका छन्। त्यस्तै, नर्वेका युवा स्ट्राइकर अर्लिङ हालान्ड मात्र ५१ खेलमा ६ ह्याट्रिक गर्दै चौथो स्थानमा छन्। हालान्डको यो तथ्याङ्क खेल सङ्ख्याको अनुपातमा निकै आक्रामक मानिएको छ। हङकङका चान सिउ की ६१ खेलमा ६ ह्याट्रिक र पोल्याण्डका रोबर्ट लेवान्डोस्की १६७ खेलमा ६ ह्याट्रिकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा अटाएका छन्।

त्यस्तै, माल्दिभ्सका दिग्गज फरवार्ड अली अश्फाकले ७० खेलमा ५ ह्याट्रिक र इङ्गल्याण्डका कप्तान ह्यारी केनले ११४ खेलमा ५ ह्याट्रिक गर्दै शीर्ष आठभित्र स्थान सुरक्षित गरेका छन्। ४–४ वटा ह्याट्रिक गर्नेमा ताहितीका तेहाउ, चीनका याङ, फिजीका रोय कृष्णा, इजरायलका जाहाभी, हैटीका नाजोन, यूएईका खलिल र न्युजिल्याण्डका क्रिस वुड रहेका छन्।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ९ : ०० बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या