खेल ओझेलमा, उमेर चर्चामा « Khabarhub

खेल ओझेलमा, उमेर चर्चामा


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको ठूलो ट्रफी विश्वकप मात्रै हो । यो उपाधि उचाल्ने अपेक्षामा उनी ४१ वर्षको उमेरमा पनि मैदानमा उत्रिएका छन् ।

अन्तिम विश्वकप खेलिरहेका रोनाल्डोलाई यो पटक कमजोर प्रदर्शन गर्ने सुविधा छैन । यसपाली पनि पोर्चुगलले विश्वकप नजिते रोनाल्डोको विश्वकप सपना सदाका लागि अन्त्य हुनेछ ।

पछिल्लो दशकका महान खेलाडी बनेर विश्व चर्चा पाइरहँदा उनका नाममा फुटबलको सर्वोच्च प्रतिस्पर्धा विश्वकप ट्रफी जोडिएको छैन । त्यसैले रोनाल्डो हरेक आलोचना झेल्न तयार भएर यो उमेरमा पनि विश्वकप मैदानमा उत्रिएका छन् ।

पहिलो गाँसमा ढुङ्गा

पोर्चुगल फिफा विश्व वरीयताका हिसाबमा निकै कमजोर टिम कंगो डीआर कंगोसँग १-१ को बराबरीमा रोकियो ।

फिफा वरीयतामा पाचौँ स्थानमा रहेको पोर्चुगल र ४५ औ‍ँ स्थानमा रहेको कंगो डीआरले बराबरी खेल्नुलाई अप्रत्याशीत नतिजाका रुपमा हेरिएको छ । आफ्नै कप्तानीमा रहेको पोर्चुगलका लागि उनले खेल अवधिभर केबल २५ टच गरे ।

उनले प्रहार गरेका तीन सटमध्ये कुनै पनि लक्ष्यमा पुगेनन् । ६७ मिनेटसम्म उनले बल गोलपोस्टको दिशामा प्रहार गर्न सकेका थिएनन् । न त उनले टोलीका लागि गोलको अवसर सिर्जना गरे । न खेलमा उनले प्रभावशाली प्रदर्शन नै गर्न सके । उनले गोलको सम्भावना उच्च रहेका दुई अवसर पनि सदुपयोग गर्न सकेनन् ।

कुनै खेलाडीले सबै खेलमा गोल गर्छ नै भन्ने निश्चित त हुँदैन । तर, कंगोसँगको खेल हेर्दा रोनाल्डो पूरै छायाँमै परेजस्तो देखियो ।

मैदानमा उनले आफ्नो प्रोफाइल जतिको प्रदर्शन पनि देखाउन सकेनन् । रोनाल्डोलाई हेर्न टेलिभिजनअघि बसेका दर्शकलाई धोका भयो । कमजोर प्रदर्शनले उनी क्यामेरको केन्द्रीय पात्र बनेनन् ।

पहिलो खेल राम्रो हुन नसकेपछि रोनाल्डो टाउको झुकाएर चेन्चिङ रुम छिरे । टोलीका अन्य सदस्य दर्शकलाई धन्यावाद दिन मैदानमा फन्को लगाइरहेका थिए ।

रोनाल्डोले पहिलो खेल सोचेजस्तो नभएको स्वीकार पनि गरेका छन् । खेलपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हामीले चाहेजस्तो सुरुवात त भएन, तर यो अझै सकिएको छैन । शिर उच्च राखौँ र अर्को खेलमा ध्यान केन्द्रित गरौँ ।’

यद्यपि उनले लगातार ९ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेका छैनन् ।

आलोचना

उनका समकालीन खेलाडीहरूले विश्वकपमा जोडदार प्रदर्शन गरिरहेका छन् । उनको तुलना बढी अर्जेन्टिनाका लियोनल मेस्सीसँग हुने गर्छ । मेस्सीले यस संस्करणको आफ्नो पहिलो खेलमा ह्याट्रिक हाने । रोनाल्डोले टिमलाई जिताउन पनि सकेनन् ।

रोनाल्डो उमेर र फितलो प्रदर्शनले गर्दा आलोचित नै बनेका छन् । यही कारण उनी सर्वकालीन महान (गोट) खेलाडीको प्रतिस्पर्धाबाट झन् पछि परेको टिप्पणी फुटबल स्टारहरूबाटै हुन लागेको छ ।

ब्राजिका पूर्वखेलाडी रोनाल्डो नजारियोले एक अन्तर्वार्तामा भनेका छन्, ‘अब विश्वले मेस्सी नै सर्वकालीन महान खेलाडी हुन् भन्ने तथ्य स्वीकार गर्ने समय आएको छ । उनले हरेक सिजन र विश्वकपमा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, तर अझै पनि उनीबारे शंका गरिन्छ ।’

फ्रान्सका लिजेन्ड फुटबलर थिएरी हेनरीले रोनाल्डोका कारण पोर्चुगलले जित निकाल्न नकसेको प्रतिक्रिया दिएका छन् । उनले रोनाल्डोबाट भएका प्राविधिक गल्ती औल्याउँदै भनेका छन्, ‘टिमलाई गोल आवश्यक छ, तिमीलाई होइन ।’

रोनाल्डो गोलका लागि बलको पछि दौडँदा खेलको लय बिग्रिएको उनको भनाइ छ ।

प्रशिक्षकमाथि हावी भएर रणनीतिक प्रभाव पार्दा टिमको खेल बिग्रिएको पनि केही फुटबल विश्लेषकहरूको बुझाइ छ ।

रोनाल्डो अहिलेको उमेरभन्दा अघि नै प्राय: खेलाडीले रिटायर्ड लिन्छन् । उनी पछिल्लो समय फर्ममा छैनन् । यसको दोष उमेरलाई दिने धेरै भेटिन्छन् । उमेरका कारण पनि रोनाल्डो चौतर्फी आलोचित छन् ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ३ : २३ बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र