रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो « Khabarhub

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी अर्जेन्टिनी स्टार लियोनल मेस्सी रहेको तथ्य विश्वले स्वीकार गर्ने समय आएको प्रतिक्रिया दिएका छन् । जुन अभिव्यक्तिलाई विश्वभरका मिडियाले चासोका साथ प्रकाशन र प्रसारण गरेका छन् ।

यस संस्करणको विश्वकपको आफ्नो टोलीको पहिलो खेलमा मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक हानेका थिए । ‘गोट’ को अघोषित प्रतिस्पर्धामा उनका प्रतिद्वन्दी मानिएका पोर्चुगिच स्टाइकर रोनाल्डको खेल पछिल्लो समय खस्किएको छ । डीआर कंगोसँग रोनाल्डोले गोल गर्न सकेनन् र खेल बराबरीमा रोकियो ।

पछिल्लो समय उनको र मेस्सी विश्लेषण गरेर ब्राजिलियन पूर्व फुटबलर रोनाल्डोले उक्त अभिव्यक्ति दिएको बुझिएको छ ।
ह्याट्रिकपछि मेस्सीबारे उनले भने, ‘उनले हरेक सिजन र विश्वकपमा प्रदर्शन गरिरहन्छन् । यद्यपि, उनको बारेमा अझै पनि शंकाहरू छन् । यो एक अविस्मरणीय र ऐतिहासिक रात हो जुन इतिहासको पुस्तकमा सधैंभरि रहनेछ ।’

मेस्सीलाई ‘गोट’ स्वीकार गरेर बहसलाई किनारा लगाउनुपर्ने उनको बुझाइ छ ।

‘मेस्सीले मैदानमा पाइला टेकेपछि सबै ऐतिहासिक र भव्य बन्दै जान्छ । उनले मैदानमा जे गर्छन्, त्यसले सबै तर्कलाई चुनौती दिन्छ । उनलाई यो स्तरमा खेलिरहेको हेर्नु, शान्त र स्पष्ट रूपमा खेलेको हेर्नु फुटबल मन पराउने जो कोहीको लागि पूर्ण सौभाग्य हो,’ उनले भने ।

क्रिस्टियानो रोनाल्डोको फर्ममा नरहेको अवस्था र मेस्सी आक्रमक देखिएको अवस्थामा यी लिजेन्डको टिप्पणीले स्थान पाउन स्वभाविक हो । यो यी दुई खेलाडीले फ्यानहरूले लामो समयदेखि गर्दै आएको विवाद पनि हो ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ७ : ४० बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई