समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती « Khabarhub

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि फर्किएका छन् । शुक्रबार मध्यराति अमेरिकाले पहिलो चरणको अर्को विजेता अस्ट्रेलियासँग खेल्दैछ अर्को खेलमा पाराग्वे र टर्की आमने–सामने हुनेछन् । यो खेलमा दुबै दबाबमा हुनेछन् । किनभने हारले दुबैको विश्वकप आशालाई धागोले झुण्ड्याउनेछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा मोउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको टोलीमाथि प्रश्नहरु आइरहेको थिए । अमेरिकाले घरेलु मैदानमा अपेक्षाअनुरुप खेल्न सक्ला कि नसक्ला भन्ने कुराहरु चलिनै रहे । तर, लस एन्जलसमा प्राप्त जितले अमेरिकी टोलीप्रति अपेक्षा उल्लेखनीय रुपमा बढाएको छ । अब त चर्चा टोली कति टाढासम्म पुग्न सक्छ भन्ने दिशातर्फ मोडिएको छ ।

खेलको पहिलो ह्विस्सलसँगै अमेरिका निकै नै शार्पर कन्फिडेन्ट देखिएको थियो । निरन्तर पाराग्वेन रक्षापङ्क्तिलाई दबाबमा पारिरहेको थियो । जब जब बालोगुनसम्म बल आइपुग्थ्यो, उनीहरु हरेक पटक खतरनाथ देखिन्थे । रक्षापङ्क्तिमा पनि अमेरिका मजबुत देखियो । स्ट्राइकर फोलारिन बालोगुनले सबैको ध्यान आफूतिर ताने । ४–१ को जितमा बालोगुनले दुई गोल गरे । अस्ट्रेलियाले पनि अपेक्षाभन्दा माथिको खेल प्रस्तुत गर्यो ।

डार्क हर्शका रुपमा हेरिएको टर्कीविरुद्ध २–० को जित वास्तवमै आश्चर्यजनक थियो । टोनी पोपाभिकको नेतृत्वमा रहेको अस्ट्रेलियाले पूरा समय ‘डिफेन्सिभ अप्रोच’मा खेलेको थियो । टोलीको पोजेसन मात्र २८ प्रतिशत थियो । टर्कीले अस्ट्रेलियाको पोस्टमा ३० सट्स अटेम्प्ट गरेको थियो । तर, अस्ट्रेलिया खेलअवधिभर अनुशासित रह्यो । पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका गोलकिपर प्याट्रिक बीचले आठ सट्स अन टार्गेटलाई विफल पारिदिए ।

अन्त्यमा नेस्टोरी इरानकुन्डा र कोनर मेटकाफको गोलमा अस्ट्रेलिया विजयी भयो । सकरुजले आत्मविश्वासी अमेरिकाविरुद्ध अर्को कठिन साँझ बिताउनेछ । अमेरिकाले पछिल्ला दुई भेटमा अस्ट्रेलियालाई हराएको छ । पछिल्लोपटक अमेरिकाले अक्टोबर २०२५ मा २–१ को विजयी हासिल गरेको थियो ।

शनिबार बिहान नेपाली समयअनुसार बिहान ८ः४५ बजे सान फ्रान्सिस्कोमा टर्की र पाराग्वे दुबै अत्याधिक दबाबमा हुनेछन् । नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन दुबैलाई जितको विकल्प छैन । टर्की बलियो लय र उच्च अपेक्षाका साथ अमेरिका पुगेको थियो । युरोपियन च्याम्पियनसिप २०२४ मा प्रभावशाली प्रदर्शन गरेको टर्की अमेरिकामा हेर्नलायक टोलीमध्ये एक हो । पोजेसनमा डोमिनेट गरेपनि अन्त्यमा आफूभन्दा कम फिफा वरीयताको अस्ट्रेलियासँग हार्नु पर्दा भिन्सेन्जो मोन्टेलाको टोली निराश बनेको थियो । दुई दर्जनभन्दा बढी प्रयासमा पनि गोल गर्न नसक्दा ठूलो स्टेजमा टर्कीले प्रदर्शन गर्न सक्दैन भन्ने चर्चा हुन थालेको छ । टर्कीले समूहको अन्तिम खेलमा अमेरिकासँग खेल्नेछ ।

निश्चित छ, टर्कीविरुद्ध अमेरिका फेबरेट नै रहनेछ । त्यसैले पनि टर्कीलाई पाराग्वेविरुद्ध तीन अंक अत्यावश्यक छ । गुस्ताफो अल्फारोको टोलीले ‘डिफेन्सिभ अर्गनाइजेसन’ र कन्सिस्टेन्सी’ले छनोट प्रतियोगितामा सफलता हासिल गरेको थियो । यसबीच टोलीले ब्राजिल र अर्जेन्टिनाजस्ता ठूला टोलीलाई हरायो । अमेरिकाविरुद्धको पराजय विर्सनलायक रहे पनि टर्कीविरुद्ध पाराग्वेले छनोट प्रतियोगिताको यात्रालाई प्रेरणाका स्रोतका रुपमा लिनेछ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ७ : ५७ बजे

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको