प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित « Khabarhub

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

त्यसअघि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकका दुईदेखि ११ सम्मका दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहमद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

अर्थमन्त्री डा वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुभएको थियो । विनियोजन विधेयकका मन्त्रालयत शीर्षकमाथि यही असार १ र २ गते सभामा छलफल भएको थियो । सो छलफलमा उठेका प्रश्नको जवाफ बुधबार र आज सम्बन्धित मन्त्रीले दिएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ५ गते शुक्रबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ८ : २४ बजे

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका