विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’ « Khabarhub

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायपालिकाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत न्यौपानेले पछिल्ला केही श्रृङ्खलाबद्ध घटनाक्रमले न्यायालयको पुनर्संरचना अपरिहार्य रहेको उल्लेख गरेका छन् । उनले न्यायालयको पुनर्संरचना नगरी सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न नसकिने दाबी गरेका छन् ।

उनले आम नागरिकले समेत न्यायको प्रत्याभूति पाउने अवस्था कमजोर बन्दै गएको समेत बताएका छन् । ‘न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ’, उनले लेखेका छन् । उनले यस्तो समीक्षा जति ढिला गरिन्छ, त्यति नै त्यसको असर गम्भीर हुने चेतावनी पनि दिएका छन् ।

न्यौपानेले राज्यका सबै निकायले परिवर्तनलाई आत्मसात गर्न सके मात्र देश परिवर्तन सम्भव हुने उल्लेख गर्दै आफ्नो धारणा आवेगमा नभई गम्भीर समीक्षाबाट आएको निष्कर्ष भएको बताएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ११ : ३८ बजे

अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी