मनसुन थप सक्रिय हुँदै : बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा « Khabarhub

मनसुन थप सक्रिय हुँदै : बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मेलम्ची वर्षामापन केन्द्रमा १०५ दशमलव चार मिलिमिटरसम्म वर्षा मापन गरिएको छ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले आगामी दुई दिन देशभर मनसुनी गतिविधि थप सक्रिय हुने विभागले जनाएको छ । 

विभागका प्रवक्ता विभूति पोखरेलले आज र आइतबार देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताए।

उनका अनुसार देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि भारी वर्षा हुन सक्नेछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी–खोलामा बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रवक्ता पोखरेलले हवाई, पर्यटन, कृषि तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर सावधानी अपनाउन अनुरोध गरे।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १ : ०२ बजे

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६