तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकमाथि नथोपर्न आग्रह « Khabarhub

तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकमाथि नथोपर्न आग्रह


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा शुल्कले अभिभावकमाथि अतिरिक्त आर्थिक भार थपिएको भन्दै सरोकारवालाहरूले यसको पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।

‘खबर एजुकेशन’ले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘शिक्षा संवादः तीन प्रतिशत समता शुल्क, निजी क्षेत्रका नीतिगत चुनौती र दायित्व’ विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले उक्त शुल्कबाट उठाइने रकम कुन उद्देश्यमा र कसरी खर्च गरिने भन्ने विषय स्पष्ट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले निजी विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीका अभिभावक आर्थिक रूपमा सक्षम हुन्छन् भन्ने बुझाइका आधारमा समता शिक्षा शुल्क लागू गर्नु यथार्थपरक नभएको टिप्पणी गरे। उनले सामुदायिक विद्यालय सुधारका लागि आवश्यक लगानीका क्षेत्र पहिचान गरी त्यसको स्पष्ट योजना बनाएपछि मात्र यस्तो शुल्क उठाउनु उपयुक्त हुने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वशिक्षा विभाग प्रमुख मिलन पाण्डेले सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेकाले त्यसका लागि स्रोत व्यवस्थापन गर्ने विकल्पका रूपमा समता शिक्षा शुल्कको अवधारणा अघि सारिएको बताए।

नेपाल अभिभावक महासंघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले समता शिक्षा शुल्कले अभिभावकलाई थप आर्थिक बोझ पर्ने भएकाले यसको प्रभावबारे सरकारले गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्वअध्यक्ष डिके ढुङ्गानाले शिक्षामा थप कर वा शुल्क लगाउनुको सट्टा अभिभावकलाई राहत दिने नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिए।

यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) का अध्यक्ष सुवास न्यौपानेले विश्वका धेरै मुलुकमा शिक्षामा यस प्रकारको कर वा शुल्क लिने अभ्यास नरहेको उल्लेख गर्दै सरकारले समता शिक्षा शुल्कको विकल्पमा राहतमुखी कार्यक्रम ल्याउनुपर्ने बताए।

अन्तरक्रियामा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रमा वित्तीय स्रोत जुटाउने उद्देश्य सकारात्मक भए पनि त्यसको भार प्रत्यक्ष रूपमा अभिभावकमाथि नपर्ने गरी दीर्घकालीन र न्यायोचित नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरेका थिए।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ५ : ५२ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट