इरानसँग वार्ता नभएको ट्रम्पको दाबी « Khabarhub

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि किसिमको वार्ता नभइरहेको र भविष्यका लागि पनि कुनै वार्ता तय नभएको स्पष्ट पारेका छन्। हर्मुज जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण रूपमा लागू रहेको र त्यहाँ राखिएका समुद्री बारुदीसुरङ (माइन्स) हटाइसकिएको दाबी ट्रम्पले गरेका छन्।

अर्कोतर्फ, इरानी विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिकाले इरानलाई आत्मसमर्पण गराउन असफल भएपछि अहिले इरानकै सर्तमा वार्ता गर्नका लागि ‘भिख मागिरहेको’ दाबी गरेका छन्।

यसैबीच, सिरियाले इजरायलसँग कुनै पनि किसिमको विशेष सुरक्षा सम्झौता भएको खबरको खण्डन गरेको छ। सिरियाली विदेश मन्त्रालयका एक कूटनीतिक स्रोतले अल जजिरालाई दिएको जानकारी अनुसार इजरायलले गरेका दाबी पूर्ण रूपमा असत्य हुन्।

उक्त क्षेत्रमा कुनै पनि विदेशी फौज नरहेको जानकारी गराउँदा-गराउँदै पनि इजरायलले ‘अबु अल-दुहुर’ सैन्य विमानस्थलमा आक्रमण गरेको सिरियाली स्रोतको भनाइ छ। सिरियाले आफ्ना नागरिक तथा सैन्य संयन्त्र निर्माणमा बाधा पुर्‍याउने वा क्षेत्रीय स्थिरतामा आफ्नो भूमिकालाई सीमित गर्ने कुनै पनि सम्झौता स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।

इद्लिबस्थित विमानस्थलमा इजरायलले गरेको आक्रमणको भर्त्सना गर्दै सिरियाले संयुक्त राष्ट्रसङ्घका महासचिव र सुरक्षा परिषद्का अध्यक्षलाई पत्र पठाउँदै सिरियाली भूभागबाट इजरायली फौज फिर्ता हुनुपर्ने माग गरेको छ। यता इजरायलले भने टर्कीले उक्त सैन्य अखडामा आफ्नो फौज परिचालन गर्ने योजना बनाइरहेको आशङ्कामा आक्रमण गरेको पुष्टि गरेको छ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ७ : ०२ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा