विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा « Khabarhub

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

७ करोड ६५ लाख युरोमा बार्सिलोना भित्रिए, सम्झौता सन् २०३० सम्म


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो हर्नान्डेज) आधिकारिक रूपमा बार्सिलोनामा अनुबन्धित भएका छन्। ३० वर्षीय प्रभावशाली मिडफिल्डर रोड्री म्यानचेस्टर सिटीबाट क्याटालन क्लब बार्सिलोना पुगेका हुन्।

बार्सिलोनाका अनुसार रोड्रीसँग सन् २०३० सम्मका लागि सम्झौता गरिएको छ। स्वास्थ्य परीक्षण र दुवै क्लबबीच स्थानान्तरणको अन्तिम प्रक्रिया पूरा भएपछि यो सरुवाको औपचारिक घोषणा गरिएको हो। बार्सिलोनाले उनलाई ७ करोड ६५ लाख युरो (करिब ८ करोड ८५ लाख अमेरिकी डलर) मा अनुबन्ध गर्न सहमति जनाएको छ।

म्यानचेस्टर सिटीसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकै अवस्थामा बार्सिलोना फर्किएका रोड्रीले आफ्नो प्रतिक्रिया दिँदै बार्सिलोनाबाट खेल्नु आफ्नो ‘सपना’ रहेको बताए। “बार्सिलोना आउन पाउँदा म निकै खुसी छु, यो मेरा लागि एउटा सपना हो,” उनले भने। अब मैदानमा उत्रिएर आफ्नो उत्कृष्ट प्रदर्शन दिने समय आएको छ।”

ला लिगाको लगातार तेस्रो उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोनाले यसअघि इङ्गल्यान्डका फर्वाड एन्थोनी गोर्डनलाई पनि टोलीमा भित्र्याइसकेको छ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ७ : १९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय