गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम « Khabarhub

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक राजस्व सङ्कलनतर्फ निर्धारित लक्ष्यको ७२ दशमलव ८७ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाका अनुसार गत आर्थिक वर्षमा चार अर्ब १७ करोड ८८ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारले पाँच अर्ब ७३ करोड ४३ लाख ८८ हजार आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

सबैभन्दा बढी सवारीसाधन करतर्फ एक अर्ब २० करोड ६९ लाख १६ हजार अर्थात् लक्ष्यको ८७ दशमलव ४६ प्रतिशत राजस्व सङ्कलन भएको छ । यस शीर्षकमा एक अर्ब ३८ करोडको लक्ष्य राखिएको थियो । यस्तै, घरजग्गा रजिस्ट्रेसनबाट ९१ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै, विज्ञापन कर सङ्कलन उत्साहजनक देखिएको छ । २२ लाख ७८ हजार लक्ष्य राखिएको यस शीर्षकमा ३२ लाख दुई हजार सङ्कलन भएको छ ।

कृषि आयमा लाग्ने करमा भने लक्ष्यको २१ दशमलव ४८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । २० लाख लक्ष्य राखिएकामा चार लाख ९५ हजार मात्रै सङ्कलन भएको छ । पर्यटन तथा पदयात्रा शुल्कबाट १४ लाख ६९ हजार अर्थात लक्ष्यको २४ दशमलव ६९ प्रतिशत मात्रै प्राप्त भएको छ ।

ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको बिक्रीबाट १९ करोड ७२ लाख ३४ हजार, मनोरञ्जन करतर्फ ३४ लाख ४५ हजार र यातायात क्षेत्रको अन्य आम्दानीबाट ५५ करोड ४० लाख ५३ हजार राजस्व सङ्कलन भएको छ ।

केही क्षेत्रको राजस्व सङ्कलन कमजोर रहे पनि प्रमुख शीर्षकमा भएको उल्लेख्य वृद्धिका कारण प्रदेशको समग्र आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक रहेको उपाध्यक्ष डा. देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ८ : ११ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने