कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै « Khabarhub

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।

मुख्यमन्त्री शाहीले गत सोमबार सदनमा यससम्बन्धी पत्र दर्ता गराइसकेका छन् । नेकपा एमालेको समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सदनबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले बताएका छन् ।

कुल ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक पर्दछ । जसमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेशसभा सदस्य रहेका छन् । यस्तै, नेपाली कांग्रेसका १५ र राप्रपाका १ जना सदस्य छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ९ : ०८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने