कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु « Khabarhub

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । 

मिर्जा गालिब स्ट्रिटस्थित होटलमा बिहान करिब २ बजे आगलागी भएको अग्निशमन विभागका अधिकारीहरूले बताएका छन् ।

आगलागीमा मृत्यु हुनेहरू बङ्गलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । उनीहरू उपचारका लागि कोलकाता आएका बताइएको छ । 

आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन । घटनापछि उद्धार तथा राहत टोली परिचालन गरिएको छ र आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

पश्चिम बङ्गालमा दुई दिनको अवधिमा होटलमा आगलागी भएको यो दोस्रो ठूलो घटना हो । 

सोमबार बीरभूम जिल्लाको तारापीठस्थित एक होटलमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको र अन्य केही घाइते भएको अधिकारीहरूले बताएका थिए । उक्त घटनाको प्रारम्भिक कारण सर्ट सर्किट रहेको जनाइएको थियो ।

बीरभूमका प्रहरी अधीक्षक विदित राज भुन्देशले होटलबाट बाहिर धुवाँ वा आगो देखिएपछि प्रहरी र अग्निनियन्त्रक टोली घटनास्थलमा पुगेको बताएका थिए  । 

उनका अनुसार २२ जनालाई सिँढीको प्रयोग गरी उद्धार गरिएको थियो भने अन्य ११ जनालाई उपचारका लागि अस्पताल पठाइएको थियो । घटनाबारे पत्रकारहरूसँग कुरा गर्दै उनले सात जनाको मृत्यु भएको बताएका थिए ।

अधिकारीहरूका अनुसार तारापीठको घटनामा २८ जनालाई होटलबाट जीवितै उद्धार गरिएको थियो भने सात जना घाइतेको उपचार भइरहेको थियो ।

उद्धार गरिएका आठ जनालाई पछि चिकित्सकहरूले मृत घोषणा गरेका थिए । मृतकमध्ये पाँच जना मेघालय र तीन जना अलीपुरद्वारका रहेको जनाइएको छ ।

घटनापछि तारापीठका होटल सञ्चालकविरुद्ध प्राथमिकी (एफआइआर) दर्ता गरिएको छ । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आगलागीको कारण, सुरक्षा व्यवस्था तथा होटल सञ्चालनसम्बन्धी विषयमा अनुसन्धानका क्रममा सोधपुछ गरिरहेको छ ।

कोलकाताको पछिल्लो घटनाले पश्चिम बङ्गालमा होटल तथा आवासीय भवनको अग्नि सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ । 

पछिल्ला दुई घटनामा ठूलो मानवीय क्षति भएपछि सम्बन्धित निकायले होटलमा विद्युत् प्रणाली, आपत्कालीन निकास र अग्नि सुरक्षा उपकरणको अवस्थाबारे समेत छानबिन गर्ने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ११ : ०३ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ