रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ? « Khabarhub

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको बैठकमा प्रधानमन्त्री सहित एकजना मन्त्री बाहेक सबै मन्त्री सहभागी भएका छन् ।

सिंहदरबारस्थित संसदीय कार्यालयमा बसेको बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहभागी भएका छैनन् । प्रधानमन्त्री शाह किन संसदीय दलको बैठकमा सहभागी भएनन् भन्ने विषय खुलाइएको छैन भने मन्त्री लम्साल केही दिनदेखि विमार भएर घरमै आराम गरिरहेका छन् ।

संसदीय दलको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, सूचना तथा सञ्चारमन्त्री बिक्रम तिमिल्सिना, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल सहभागी छन् ।

त्यस्तै, बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र कृषि, वन तथा पर्यावरण मन्त्री गित चौधरी सहभागी छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १२ : ५३ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ