निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव « Khabarhub

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा निर्वाचन आयुक्तद्वयले पदबहाली गरेपछि आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनाबारे सुझाव लिन मंगलबार पूर्वपदाधिकारीसँग छलफल गरेको हो।

छलफलमा निर्वाचन व्यवस्थापनसँग सम्बन्धित कानुनी, प्राविधिक तथा व्यवस्थापकीय सुधारका विषयमा सुझाव लिइएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूले आयोगको नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा आयोगले विगतमा हासिल गरेको संस्थागत साखलाई थप उचाइमा पुर्‍याउन नेतृत्व सफल हुने विश्वास व्यक्त गरे।

उनहरूले निर्वाचन व्यवस्थापनमा पछिल्लो समय देखिएका चुनौती सम्बोधन गर्न विद्यमान निर्वाचन विधि तथा प्रक्रियामा आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए। निर्वाचनसम्बन्धी सुधारका क्रममा सरोकारवालासँग निरन्तर छलफल, सूचना प्रविधिको अधिकतम उपयोग र पारदर्शी कार्यशैलीलाई प्राथमिकता दिन पनि उनीहरूको सुझाव थियो।

त्यस्तै, बदलिँदो समय र निर्वाचन व्यवस्थापनका नयाँ चुनौतीअनुसार आयोगको संस्थागत क्षमता अभिवृद्धि गर्न तथा सम्बन्धित सरकारी निकाय र सरोकारवालासँगको सहकार्यलाई थप प्रभावकारी बनाउन पूर्वपदाधिकारीहरूले सुझाव दिएका छन्।

प्रमुख निर्वाचन आयुक्त कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्न आयोगको वर्तमान नेतृत्व सक्षम र प्रतिबद्ध रहेको बताए।

उनले आयोगको संस्थागत सुदृढीकरण तथा निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने बताए।

छलफलमा निर्वाचन आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बासहित पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल र नीलकण्ठ उप्रेती सहभागी थिए।

त्यस्तै, पूर्वनिर्वाचन आयुक्तहरू प्रा. डा. वीरेन्द्रप्रसाद मिश्र, विश्वमान श्रेष्ठ, जयरामसिंह बोहरा, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलगायतको पनि छलफलमा सहभागिता थियो।

प्रमुख निर्वाचन आयुक्त कार्की तथा निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले गत साउन १५ गते पदबहाली गरेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ३ : २६ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ