एक वर्षमा चौध करोडको जडीबुटी निर्यात « Khabarhub

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो । 

भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई दुई करोड ६६ लाख ६४ हजार रुपैयाँ र बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा छ करोड ५६ लाख ३५ हजार रुपैयाँ आम्दानी भएको पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले बताए ।
 
नेपाली जडीबुटीको परम्परागत बजार भारत हो । पछिल्लो समय बङ्गलादेशतर्फ रिठ्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसीलगायतका जडीबुटीको निकासी बढेको छ ।

यस अवधिमा बङ्गलादेशतर्फ १८७ मेट्रिक टन रिठ्ठा (दुई करोड तीन लाख ८६ हजार), ४० मेट्रिक टन क्यानोला तेल ( एक करोड २८ लाख ३६ हजार) र पाँच मेट्रिक टन सतावर ( ९४ लाख ५६ हजार) निर्यात भएको छ ।

कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले निकै राम्रो बजार मूल्य पाएका छन् । १२ मेट्रिक टन पदमचालबाट ९४ लाख ८८ हजार रुपैयाँ र पाँच मेट्रिक टन जटामसीबाट  ६३ लाख ८० हजार रुपैयाँ आम्दानी भएको छ ।

यसबाहेक २६ मेट्रिक टन चुत्रो ( ११ लाख ४१ हजार), २२ मेट्रिक टन नागबेली पाउडर ( १० लाख १८ हजार), आठ मेट्रिक टन अमला ( आठ लाख ६७ हजार) र दुई मेट्रिक टन टिमुर (आठ लाख) निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।  

स्वदेशी जडीबुटीको प्रशोधन र बजारीकरणमा सरकारी तवरबाट थप सहजीकरण हुन सके पूर्वी नाकाबाट जडीबुटी निर्यात अझै बढाउन सकिने सरोकारवालाहरू बताउँछन् ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ४ : १४ बजे

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा