आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात  « Khabarhub

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले ग्यासको आयात तथा बिक्री-वितरणबारे महत्त्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ । 

निगमले पछिल्लो पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै बजारमा ग्यासको आपूर्ति नियमित रहेको जनाएको हो ।

नेपाल आयल निगमले २०८३ भदौ ३ गते  जारी गरेको प्रेस विज्ञप्तिमा १४.२ केजीका एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था नियमित रहेको स्पष्ट पारेको छ । 

निगमले पछिल्लो पाँच महिनाको आयात तथा बिक्री तथ्यांक सार्वजनिक गर्दै पछिल्लो समय ग्यासको आपूर्ति झनै बढेको देखाएको छ ।

निगमका अनुसार २०८२ चैतमा ३५ हजार ७९९.४५ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो । उक्त महिनामा करिब  २७ लाख ३२ हजार ३५५ सिलिन्डर  बजारमा गएको थियो ।

त्यस्तै, २०८३ वैशाखमा ३२ हजार ५६.४४ मेट्रिक टन, जेठमा ३२ हजार ५४२.२९ मेट्रिक टन, असारमा ४४ हजार ४४४.४० मेट्रिक टन र  श्रावणमा ५० हजार ३९६.३५ मेट्रिक टन  एलपी ग्यास आयात भएको निगमको तथ्यांकमा उल्लेख छ।

यसरी हेर्दा पछिल्लो पाँच महिनामध्ये  श्रावणमा एलपी ग्यासको आयात सबैभन्दा उच्च  देखिएको छ । श्रावणमा मात्रै ५० हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको निगमले जनाएको छ ।

निगमका अनुसार श्रावण महिनामा ४० लाखभन्दा बढी सिलिन्डर बजारमा आएको छ। यसले पछिल्लो समय एलपी ग्यासको आयात तथा बिक्री–वितरण बढिरहेको तथ्यांकबाट देखिन्छ ।

निगमले पछिल्लो पाँच महिनाको एलपी ग्यास आयात तथा बिक्री र त्यसअनुसार बजारमा आउने सिलिन्डर संख्याको तुलनात्मक अध्ययन गर्दा श्रावण महिनामा अघिल्लो महिनाको भन्दा करिब ९ लाख सिलिन्डर बढी बिक्री वितरण भएको जनाएको छ ।

निगमले आगामी दिनमा समेत एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहने स्पष्ट पारेको छ । त्यसैले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न  निगमले आग्रह गरेको छ ।

ग्यासको आपूर्ति नियमित भइरहेकाले बजारमा अभाव हुने आशंकामा उपभोक्ताले अनावश्यक रूपमा ग्यास थुपार्दा कृत्रिम अभाव सिर्जना हुन सक्ने निगमको संकेत छ । निगमले उपलब्ध तथ्यांकलाई आधार बनाएर उपभोक्तालाई संयमित हुन र आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको हो ।

आयल निगमको पछिल्लो तथ्यांकले बजारमा ग्यासको आपूर्ति घटेको भन्दा पनि पछिल्लो महिनामा आयात र बिक्री–वितरणको मात्रा उल्लेख्य रूपमा बढेको देखाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ५ : ०९ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ