अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु « Khabarhub

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव दिने उद्देश्यले दोस्रो राष्ट्रिय अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता काठमाडौंमा सुरु भएको छ ।

नेपाल ल क्याम्पस र नेपाल अपाङ्ग महिला संघको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच, पहुँचयुक्तता र विभेदका विषयमा विद्यार्थीले बहस गर्नेछन्।

उद्घाटन कार्यक्रममा वक्ताहरूले कानुन शिक्षण संस्था तथा न्याय प्रणालीलाई अपाङ्गतामैत्री र समावेशी बनाउनुपर्नेमा जोड दिए । 

त्रिभुवन विश्वविद्यालयका कानुन संकायका डीन प्रा. डा. डी. एन. पराजुलीले शिक्षण, पाठ्यक्रम र परीक्षा प्रणालीलाई अपाङ्गतामैत्री बनाउनुपर्ने बताए।

प्रतियोगिताको प्रारम्भिक चरण र सेमिफाइनल भदौ १८ र १९ गते नेपाल ल क्याम्पसमा हुनेछ भने फाइनल भदौ २० गते नेपाल प्रहरी क्लबमा आयोजना हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ५ : १३ बजे

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना

काठमाडौं– दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

काठमाडौं– सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा

जेलेन्स्कीलाई जानकारी नदिई ट्रम्पले घोषणा गरे रुस र युक्रेनबिच ‘तत्काल लागू हुने गरी’ ऊर्जा युद्धविराम

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू

हराउन थाले दसैँका परम्परागत पिङ

डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका