सरकारलाई उच्चको पनि झट्का, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश « Khabarhub

सरकारलाई उच्चको पनि झट्का, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

भने- तीनै तहका अदालतले साथ दिए, न्याय मरेको छैन


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर धरपकड, पक्राउ वा थुनामा नराख्न अन्तरिम आदेश जारी गरेको छ।

उच्च अदालत पाटनका न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार श्रेष्ठको निवेदनमाथि सुनुवाइ गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म पक्राउ, धरपकड तथा थुनामा राख्नेलगायतका कार्य नगर्न प्रहरीका नाममा अन्तरिम आदेश जारी गरेको हो।

श्रेष्ठले अदालतको आदेशपछि तीनवटै तहका अदालतबाट आफूहरूले न्याय पाएको बताएका छन्। ‘हामी गलत ठाउँमा हुन्थ्यौँ भने मुलुकका तीनवटै अदालत, जिल्ला, उच्च र सर्वोच्चले लहरै साथ दिने थिएनन्’, उनले भने, ‘अस्ति सर्वोच्चले रिहाइको आदेश दियो, हिजो दुई दिनसम्म बल गर्दा पनि ललितपुर जिल्लाले फेरि पक्राउ पुर्जी दिन मानेन, आज फेरि उच्च अदालत पाटनले गिरफ्तार नगर्न आदेश जारी गरेको छ।’

उनले यसपछि आफूहरू गलत ठाउँमा नभएको बताएका छन्। श्रेष्ठले राज्यसत्ता शक्तिशाली भए पनि नेपालमा न्याय प्रणाली जीवित रहेको बताएका छन्।‘सत्ता ध्रुवे हात्ती भयो होला तर नेपालमा न्याय मरेको छैन। मिडिया जिउँदो लाश भएको छैन,’ उनले भनेका छन्।

उच्च अदालत पाटनले जनआस्था साप्ताहिकमा प्रकाशित ‘सुध्रिनोस म्याडम, अझै समय छ’ शीर्षकको समाचारका विषयमा प्रेस काउन्सिल नेपालमा उजुरी परी कारबाहीको क्रममा रहेको तथ्यलाई समेत आदेशमा उल्लेख गरेको छ।

उक्त समाचारबारे प्रेस काउन्सिलमा दर्ता भएको उजुरीको टुंगो लागिनसकेको अवस्था रहेको उनले बताए। नेपालको संविधानले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सञ्चारको हक प्रत्याभूत गरेको सन्दर्भ तथा सर्वोच्च अदालतबाट यसअघि भएको आदेशसमेतलाई आधार बनाउँदै उच्च अदालतले श्रेष्ठलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘उक्त उल्लेखित मिति २०८३।०४।२७ मा प्रकाशित समाचारका विषयमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राख्नेलगायतका कार्य नगर्नू, नगराउनू।’

उच्च अदालतले निवेदनमा ललितपुर जिल्ला प्रहरी परिसरको भूमिकाका विषयमा स्पष्ट रूपमा कुनै विषय नखुलेको भन्दै उक्त विपक्षीबाट लिखित जवाफ मगाइरहन नपर्ने पनि जनाएको छ। अन्य प्रत्यर्थीलाई भने निवेदकको मागबमोजिम आदेश जारी हुन नपर्ने कुनै आधार वा कारण भए प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

यसअघि सर्वोच्च अदालतले पनि श्रेष्ठलाई थुनामा राखिरहन आवश्यक नरहेको भन्दै रिहा गर्न आदेश दिएको थियो। त्यसपछि उच्च अदालत पाटनले समेत समाचार प्रकाशनको विषयमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनलाई पक्राउ नगर्न आदेश दिएको हो।

श्रेष्ठले आफूहरू एक्लो नभएको र न्यायका लागि संघर्ष जारी रहने बताएका छन्। ‘हामी एक्ला छैनौँ। हामी हारेका छैनौँ। न्यायको लडाइँ जारी छ। सूचनालाई संकुचित हुन दिइने छैन,’ उनले भनेका छन्।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : १४ बजे

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक

युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता

लन्डन- रूसमा हालै भएका युक्रेनी ड्रोन आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने

काठमाडौं– सरकारले नागरिकले स्वास्थ्य उपचारमा व्यहोर्नुपर्ने व्यक्तिगत खर्च घटाउँदै स्वास्थ्य