कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण « Khabarhub

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण


३ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आज सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई र जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख जोशीले तीनैजना मन्त्रीहरूलाई नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराएका थिए ।

तीनै मन्त्रीलाई सत्ता साझेदार दल नेकपा एमालेले सरकारमा पठाएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री मङ्गलबहादुर शाही आफैँले सम्हाल्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ८ : २९ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना