विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ « Khabarhub

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका विषयमा सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले विपद्बाट प्रभावित एक परिवारबाट एक जनाले मात्र लाभ पाउने कानुनी व्यवस्था रहेको जानकारी दिए । एकभन्दा बढी व्यक्तिलाई लाभ दिनुपर्ने अवस्थामा विपद् आउनुअघि नै अंशबण्डा गरी छुट्टिएर बसेको हुनुपर्ने कानुनी व्यवस्था रहेको उनले स्पष्ट पारे ।

मन्त्री गुरुङले उक्त व्यवस्था संशोधन गर्न तथा स्थानीय तहलाई विपद् व्यवस्थापनमा थप जिम्मेवार बनाउन विपद् प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको बताए। कार्यदलले आवश्यक काम अघि बढाइरहेको उनको भनाइ छ ।

स्थानीय तहमा भवन निर्माण गर्दा भवन निर्माण संहिता पालना गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक समन्वय र सहजीकरण भइरहेको जानकारी दिए ।

विपद् व्यवस्थापन तीनै तहका सरकारको साझा जिम्मेवारी भएकाले सोहीअनुसार समन्वय र सहकार्य भइरहेको पनि गृहमन्त्री गुरुङले स्पष्ट पारे ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ८ : ५७ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि