इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि ब्रेन्टफोडले सानदार जित निकालेको छ ।

लन्डनस्थित ब्रेन्टफोर्डको घरेलु मैदान जिटेक कम्युनिटी स्टेडियममा गएराति भएको खेलमा चेल्सीलाई ३–० गोलले हराउँदै ब्रेन्टफोर्डले सहज जित निकालेको हो ।

ब्रेन्टफोर्डका जेडन एन्थोनी, इगोर थियागो र फाबियो काभोल्होले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए । खेलको ६१औँ मिनेटमा ब्रेन्टफोर्डका लागि एन्थोनीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि ८४औँ मिनेटमा थियागो र इन्जुरी समयको चौथो मिनेटमा फाबियोले गोल गर्दै चेल्सीविरुद्ध ३–० गोलको जित निकाले ।

जारी लिगमा ५ खेल खेलेको ब्रेन्टफोर्ड ९ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । पराजित भएको चेल्सी समान खेलबाट ७ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : ४९ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र