दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको बताएका छन् ।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संवैधानिक अधिकारको कार्यान्वयन तथा पूर्ण परिपालनामा जोड दिएका छन् ।
संविधानका उपलब्धिको रक्षासँगै उनले संविधानको मर्मअनुरूप अघि बढ्न राष्ट्रिय एकता, सहकार्य आवश्यक भएको बताए।
सन्देशमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार संविधानप्रदत्त अधिकारको कार्यान्वयन, सङ्घीयताको सुदृढीकरण र नागरिक केन्द्रित सेवाका लागि प्रतिबद्ध रहेको बताए।













प्रतिक्रिया