गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संविधानले मार्गनिर्देश गरेको बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधारशीला रहेको उल्लेख गरेका छन् ।
‘संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, समानता, सामाजिक न्याय, समावेशिता तथा लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने मार्गनिर्देशन गरेको छ’, शुभकामना सन्देशमा उल्लेख छ ।













प्रतिक्रिया