नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि « Khabarhub

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको उपाधि नेपाल पुलिस स्कुल, साँगाले हात पारेको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी (भक्तपुर)को आयोजनामा सञ्चालन भएको २२औँ सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा महाविद्यालयलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुल, साँगाले उपाधि हात पारेको हो ।

आज आयोजित समापन कार्यक्रम कायममुकायम प्रधानसेनापति बलाधिकृत रथी प्रदीप जङ्ग केसीले विजेता नेपाल पुलिस स्कुललाई रु ५० हजार नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । उनले उपविजेता सैनिक आवासीय महाविद्यालय रातोलाई रु ३० हजार नगद पुरस्कारसहित रनरअप ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

पुरस्कार वितरणपछि कायम मुकायम प्रधान सेनापति बलाधिकृत केसीले विद्यार्थी जीवनमा खेलकुदको महत्त्व, अनुशासन, टोली भावना तथा स्वस्थ प्रतिस्पर्धाले व्यक्तित्व विकासमा पुर्‍याउने योगदान महत्वपूर्ण हुने बताए । २२औँ संस्करणको यस प्रतियोगिताले विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन गर्नुका साथै प्रतिभावान खेलाडीको पहिचान र विकास, विद्यार्थीहरूबीच आपसी भाइचारा तथा सौहार्दपूर्ण सम्बन्ध विस्तार र खेलकुदमार्फत अनुशासित एवं स्वस्थ जीवनशैलीको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उनले बताए ।

विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा श्री सैनिक आवासीय महाविद्यालयका दुई टिमसहित उपत्यकाका विभिन्न विद्यालयका जम्मा १२ समूह सहभागी भएका महाविद्यालयका व्यवस्थापन प्रमुख कर्नेल शिव पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लिग तथा नकआउट चरणमा गरी कूल १९ वटा खेल सञ्चालन भएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ४ : ४२ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र