एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई « Khabarhub

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।

शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली टीम राम्रो लयमा रहेकाले मेडल ल्याउने उद्देश्यका साथ जापान जान लागेको बताए । उनले प्रतियोगिताका लागि नेपाली टोली निकै उत्साहित रहेको उल्लेख गरे ।

त्यस्तै, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्ने र पदक हासिल गर्ने विश्वास रहेको बताए ।

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा नेपालले सेप्टेम्बर २५मा अफगानिस्तान र सेप्टेम्बर २६ मा जापानको सामना गर्नेछ । समूह चरणबाट दुई–दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । नेपाल समूह विजेता बनेमा क्वार्टरफाइनलमा श्रीलंका तथा उप–विजेता बनेमा भारतको सामना गर्नेछ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : १२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण