एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई « Khabarhub

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।

शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली टीम राम्रो लयमा रहेकाले मेडल ल्याउने उद्देश्यका साथ जापान जान लागेको बताए । उनले प्रतियोगिताका लागि नेपाली टोली निकै उत्साहित रहेको उल्लेख गरे ।

त्यस्तै, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्ने र पदक हासिल गर्ने विश्वास रहेको बताए ।

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा नेपालले सेप्टेम्बर २५मा अफगानिस्तान र सेप्टेम्बर २६ मा जापानको सामना गर्नेछ । समूह चरणबाट दुई–दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । नेपाल समूह विजेता बनेमा क्वार्टरफाइनलमा श्रीलंका तथा उप–विजेता बनेमा भारतको सामना गर्नेछ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : १२ बजे

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई