ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली « Khabarhub

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान साधना गरेको आश्रम स्थलमा दैनिक सयौँ साधक ध्यान साधनाका लागि पुग्ने गरेका छन् ।

राजधानी सहरको बीचभागमा रहेको श्लेषमान्तक वनको मध्यभागमा रहेको समथर भागको आकर्षक वातावरणमा शिवपुरी बाबाले साधना गरेका थिए । विसं २००४ देखि २०१९ सम्म उनले यहाँ साधना गरेका हुन् । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार यहाँ बालक धु्रवले तपस्या गरेका थिए ।

ध्रुव बाल्यकालमै आएर यहाँ तपस्या गरेकाले यस स्थलको नाम ध्रुवस्थली रहेको शिवपुरी बाबा आश्रमको संरक्षण गर्दै आउनुभएका विष्णुप्रसाद तिमल्सिीनाले जानकारी दिए ।

बालक ध्रुवले तपस्या गरेका बेला भगवान् विष्णु प्रसन्न भई माता लक्ष्मीलाई स्तनपान गर्न यहाँ पठाउनुभएको प्रसङ्ग पनि आफूले बुबाबाट किम्बदन्तीका रूपमा सुनेको पनि उनले सुनाए ।

विसं २०१९ मा यही स्थानमा शिवपुरी बाबाले समाधि लिए । उनले समाधिस्थलमा अहिले पनि दैनिक सयौँ जना ध्याना साधनाका लागि आउने गरेका छन् । शिवपुरीबाबाको ध्याना साधनास्थलमा करिब ६० जनाले ध्यान साधना गर्नसक्ने गरी संरचना निर्माण गरिएको छ ।

यहाँ चकटीसमेत राखेर ध्यान साधना गर्ने वातावरण बनाइएको छ । यो स्थलमा जुनसुकै साधना विधि अपनाएका ध्यानी पनि आएर ध्यान गर्नसक्ने तिमल्सिनाले बताए।

विशेष पर्व परेका बेला भने हजारौँको सङ्ख्यामा साधक यहाँ आउने गर्छन् । प्रत्येक वर्षको चान्द्रमासअनुसारको भाद्र मासको मूल नक्षत्रका दिनमा शिवपुरी बाबाको जन्मजयन्ती र माघ शुक्ल तृतीयाका दिन उनको समाधि दिवसका अवसरमा भने हजारौँ भक्तजन जम्मा भएर सामूहिक ध्यान गर्दै मनाउने परम्परा रहेको छ ।

त्यसैअनुसार आज शिवपुरी बाबाको २००औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाइएको छ । यस अवसरमा विभिन्न सन्तबाट प्रवचनका साथमा साधुसन्त र ध्यान साधनामा आउनेलाई भण्डारा गराइएको थियो । उनको जन्म सन् १८२६ अर्थात् विसं १८८२ चान्द्रमासअनुसार भदौ महिनाको मूल नक्षत्रका दिनमा भएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ९ : ०४ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको