अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए « Khabarhub

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन् ।

भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका वाग्लेले भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए ।

भेटमा नेपाल–भारत आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विषयमा छलफल भएको वाग्लेले बताएका छन् । साथै, रसुवामा गएको भोटेकोशी बाढीपछि भारतले गरेको उद्धार तथा राहत सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद दिँदै पुनर्निर्माणमा थप सहयोगको प्रस्ताव गरिएको उनले बताए ।

भ्रमणका क्रममा वाग्ले विभिन्न आर्थिक–व्यावसायिक तथा प्राज्ञिक कार्यक्रममा समेत सहभागी भएका थिए। भारतीय उद्योग परिसङ्घको सम्मेलन र दिल्ली स्कुल अफ इकोनोमिक्सको विकास अर्थनीतिसम्बन्धी छलफलमा उनी प्रमुख वक्ता तथा अतिथिका रूपमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १० : ५१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल