आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६ अक्टोबर १८ तारिख। असोज शुक्ल पक्षको महाअष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। लामो यात्रा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन धेरै राम्रो छ । दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन् । सामाजिक क्षेत्रमा अघि बढ्नु उचित हुनेछ । धर्मकर्ममा मन जानेछ।

मिथुन : दिन सामान्य राम्रो छ। अनावश्यक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । लगानीका क्षेत्र सबल बन्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ । गीत संगीतको क्षेत्रमा मन जानेछ । गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ ।

सिंह : दिन सामान्य छ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । धार्मप्रति अनास्था बढ्नेछ । परिवारको विश्वास मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

तुला : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । व्यापार व्यवसायमा घाटा हुनेछ । धार्मिक कार्यमा समय दिनु उचित हुन्छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ ।

वृश्चिक : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । स्वास्थ्यमा भने समस्या आउन सक्छ ।

धनु : दिन राम्रो छ । साथी भाइसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । दीर्घकालीन कामका लागि नयाँ योजना बन्नेछ । कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ ।

मकर :  बोलीमा  सरस्वतीको बास छ  । व्यापार व्यवसायमा फाइदा हुनेछ । स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्नेछ । एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । सोचेका काम नबन्ने जोखिम छ। हरेक काममा झन्झट आइ पर्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ । दैनिक काममा देखिएका समस्या समाधान हुँदै जानेछन् । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ५ : १५ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६