झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते « Khabarhub

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस गए राति करिब २ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा परी इलाम नगरपालिका–६ बस्ने ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ बस्ने २६ वर्षीया रिता आपागाई र उनका ९ वर्षीय छोरा रितिक घाइते भएका छन्।

अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्याङका अनुसार दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगी घाइतेहरूको उद्धार गरेको थियो।

घाइतेलाई उद्धार गरेर उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ७ : ०४ बजे

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना