विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल « Khabarhub

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दै छ।

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ। लिग-२ को अङ्कतालिकामा शीर्ष ६ भित्र अटाउँदै ओडीआई मान्यता कायम राख्ने होडमा रहेको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।

जारी त्रिदेशीय शृङ्खलाको सुरुआती दुई खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै क्यानडा र ओमान दुवै टोलीलाई पराजित गरेको थियो। तर, शनिबार भएको तेस्रो खेलमा भने नेपाल क्यानडासँग पराजित भयो ।

नेपालमाथिको जितसँगै क्यानडा ३६ खेलबाट २९ अङ्क जोड्दै अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। यता ३५ खेलबाट २८ अङ्क रहेको नेपाल भने एक स्थान खस्किएर सातौँ स्थानमा झरेको छ। आजको खेलमा ओमानलाई पराजित गर्न सके नेपाल पुनः क्यानडालाई पछि पार्दै छैटौँ स्थानमा उक्लिनेछ।

विश्वकप लिग-२ को शीर्ष ६ भित्र पर्ने टोलीहरूको एकदिवसीय (ओडीआई) मान्यता जोगिने भएकाले अङ्कतालिकाको शीर्ष ६ मा पर्ने होडलाई अत्यन्तै महत्त्वपूर्ण र अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ८ : १२ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल