सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी  « Khabarhub

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले वार्षिक नौ लाख आम्दानी गर्दै आएको छ ।

काठेखोला गाउँपालिका–३ धम्जाबाट बजार झरेका कला र गणेश छन्त्यालले बागलुङ नगरपालिका–१ रामरेखामा पाँच रोपनी जग्गा भाडामा लिएर छ वर्षदेखि मौसमी तथा बेमौसमी सागसब्जी खेती गर्दै आएका छन् । उनीहरूले जग्गाको वार्षिक रु ६० हजार भाडा तिर्दै आएका छन् ।

भारतीय सेनाबाट अवकाश लिएपछि गणेशले श्रीमती कलासँग मिलेर कृषि कर्म सुरु गरेका हुन् । उनीहरूको ‘छन्त्याल कृषि फर्म’मा पाँचवटा प्लास्टिक टनेल निर्माण गरी काउली, ब्रोकाउली, बन्दा र गोलभेँडालगायत सागसब्जी उत्पादन हुँदै आएको छ । फर्ममा सागसब्जीका बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरिएको छ ।

सागसब्जी बिक्रीबाट वार्षिक नौ लाख आम्दानी हुने गरेको कला छन्त्यालले बताइन्।

 हाल फर्ममा ‘सरिता’ जातको टमाटरसहित विभिन्न मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन भइरहेको छ । विशेषगरी कौसी खेतीका लागि काउली, बन्दा र प्याजका बिरुवा उत्पादन गरी बिक्री गर्दा राम्रो आम्दानी हुने उनले बताइन्।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ११ : ३३ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा